एपीएफले जित्याे मेयर कप महिला क्रिकेटकाे उपाधि

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि विभागिए टिम एपीएफ क्लवले जितेको छ । फाइनलमा सुदुरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै पहिलो संस्करणको मेयर कप महिला क्रिकेटको उपाधि एपीएफले उचाल्न सफल भयो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको सुदुरपश्चिमले १४ रनमा पहिलो विकेट गुमायो ।

४४ रनमा दोस्रो विकेट खेर फालेको उसले ६६ रन बनाउँदा तेस्रो विकेट गुमाउन पुग्यो । त्यसपछि उसले स्कोरबोर्डमा अरु ४० रन थप्दा चार विकेट खेर फाल्यो ।

सुदुरपश्चिमका लागि रेवती धामीले १० रन बनाउँदा डोली भट्टले १४ रनको योगदान गरिन । यस्तै कविता कुँवरले १३ रन थप्दा सुनिता लुहारले खाता खोल्न सकिनन् । यस्तै कविता जोशी मात्र तीन रनमा आउट भइन भने कप्तान रितु कनोजियाले चार रन मात्र बनाइन । मञ्जु बोगती तीन रनमा आउट हुँदा सम्झना खतिवडा एक रनमा अविजित रहिन ।

सुदुरकालागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन । उनले ५४ बलमा चार चौका प्रहार गरिन ।

एपीएफका लागि बलिङमा रेखा रावल, करुणा भण्डारी, सुस्मा श्रेष्ठ, सिता रानामगर र विन्दु रावलले एक एक विकेट लिए ।

जवाफमा एपीएफले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेको थियो । जसमा सिता रानामगर २७ रनमा आउट भएपछि एपीएफको पहिलो विकेट झरेको थियो । तर त्यसपछि ज्योती पाण्डेपनि ब्यक्तिगत ३६ रनमा पेभेलियन फर्किदा टिमको स्कोर ७९ रन थियो ।

तर त्यसपछि इन्दु बर्मा र ममता चौधरीले टिमलाई जित दिलाइन । जसमा ममताले १५ रन बनाइन भने इन्दुले १९ रनको योगदान गरिन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest