बलियाे नेपाल कपकाे उपाधि रूपन्देहीकाे पाेल्टामा

भैरहवामा सम्पन्न बलियो नेपाल कप यू १६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले जितेको छ । फाइनलमा दाङलाई ६५ रनले हराउँदै रुपन्देहीले उपाधि जित्न सफल भयो ।

भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५४ रन बनायो । उसका लागि आशिष रोक्काले ४४ रन बनाए भने विशाल भुषालले ४१ रन जोडे । यस्तै सन्तोष साउदले २५ रन थपे । उसका प्रकाश गिरीले २१ रनको योगदान गरे ।

बलिङमा दाङका आयुष ओली, सुमन र मनोज पुनले एक एक विकेट लिए ।

जवाफमा दाङ १७ ओभर दुई बलमा ८९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा मनोज पुनले ३९ रन बनाए भने प्रभाकर कुँवरले १६ र रोहित डाँगीले १० रन बनाए । तर उसका अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । दाङलाई सस्तैमा समेट्नका लागि सन्तोष यादवले तीन तथा सुमित पराजुली र अमर मिश्रले दुई दुई विकेट लिए ।

प्रतियोगितामा उत्कृष्ट बलर रुपन्देहीका सन्तोष यादव बने भने उत्कृष्ट ब्याट्सम्यान प्रकाश गिरी ठहरीए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी आशिष ओली बने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest