नेपाल पुलिस क्लवको फराकिलो जित

सिक्मिममा जारी कंचनजंशा शिल्ड पुरुष एक डिभिजन क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा पुलिसले ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट टिमलाई दुई सय ४९ रनको भारी अन्तरले हरायो ।

पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ८६ रन बनायो । उसका लागि योगेन्द्रले एक सय १७ बलमा विस्फोटक एक सय ७१ रन बनाए । जसमा १८ चौका र सात छक्का प्रहार गरे । उनले ९८ बलमा शतक बनाएका थिए । त्यसपछि उनले बाँकी १९ बलमा ७३ रन जोड्न सफल भए ।

यस्तै शंकर रानाले ६५ रन बनाए भने दिलिप नाथले १२, अनिलकुमार शाहले १३ रनको योगदान गरे ।

पुलिसका लागि सिद्धान्त लोहनीले ३२ रन बनाउँदा अभिनाश कर्णले ४४ रनको योगदान गरे । आजको खेलमा नियमित कप्तान मञ्जित श्रेष्ठको स्थानमा अनिलकुमार शाले पुलिसको कप्तानी गरेका छन ।

जवाफमा जिडीसिडब्लुए टिम ३७ ओभर तीन बलमा एक सय ३७ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा तुसार त्यागीले सर्वाधिक ५८ रन बनाए । यस्तै मोहम्मद आदिल खानले १८ रन बनाए भने निखिल गौतमले १२ र मायांक कश्यपले १० रन बनाए ।

उसका बाँकी ६ खेलाडी एकोहोरो रुपमा आउट भए । बलिङमा सिद्धान्त लोहनीले ६ विकेट लिए ।

उनले आठ ओभर तीन बलमा तीन मेडेन राख्दै मात्र २१ रन खर्चिएर ६ विकेट लिए । यस्तै प्रेम तामाङले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest