काेलकाता मुम्बईसँग अन्तिम समयमा पराजित

इन्डियन प्रिमियर लिग आइपीएलमा साविक विजेता मुम्बई इन्डियन्सले कोलकातामाथि रोमाञ्चक जित निकालेको छ । उसल मंगलबार भएको खेलमा मुम्बई कोलकाता नाइट राइडर्स माथि १० रनको जित निकाल्यो । जारी प्रतियोगितामा मुम्बईको यो पहिलो जित हो ।

चेन्नेईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा एक सय ५२ रन बनायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान रोहित शर्माले ४३ रन बनाउँदा शुर्यकुमार यादवले ५६ रनको योगदान गरे । यस्तै हार्दिक् पाण्ड्या र कुर्नाल पाण्ड्याले समान १५–१५ रन बनाए ।

खराव सुरुवात गरेको मुम्बईले १० रन हुँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि दोस्रो विकेटकालागि यादव र शर्माले ७६ रनको साझेदारी गरेका थिए । तर त्यसपछि उसले एकपछि अर्को गरि विकेट गुमाउन पुग्यो । एक सय २३ रन बनाउँदा पाँच विकेट गुमाएको मुम्बईले स्कोरबार्डमा अरु २९ रन थप्दा बाँकी पाँच विकेट खेर फाल्यो ।

बलिङमा कोलकाताका आन्द्रे रसेलले पाँच विकेट लिए । उनले दुई ओभरमा मात्र १५ रन खर्चिएर मुम्बईको महत्वपुर्ण पाँच विकेट लिए । यस्तै पाट कुमिन्सले दुई विकेट हात पारे ।

जवाफमा कोलकाताले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ४२ रन बनाउन सक्यो । बलियो सुरुवात गरेको कोलकाताले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेको थियो । तर उसले अरु चार विकेट भने सस्तैमा गुमायो । जसका कारण उसको स्कोर एक सय २२ रन हुँदा पाँच विकेट झरेको थियो ।

कोलकाताका लागि नितिश रानाले ५७ रन बनाए भने शुभंम गिलले ३३ रनको योगदान गरे । यस्तै राहुल त्रिपाठी पाँच, कप्तान इयोन मोर्गन सात, सकिव अल हसन नौ रनमा आउट भए ।

त्यसपछि आन्द्रे रसेलपनि मात्र नौ रनमा अन्तिम ओभरमा आउट भएपछि कोलकाता दबावमा आएको थियो । कोलकातालाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । तर उसले मात्र चार जोड्दा दुई विकेट गुमाउन पुग्यो ।

बलिङमा राहुल चाहरले चार तथा ट्रेन्ट बोल्टले दुई विकेट लिए । प्रतियोगितामा कोलकाताको यो पहिलो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest