स्टाेक्स आइपीएलबाट बाहिर

इन्डियन प्रिमियर लिग टिम राजस्थान रोयल्सका अलराउण्डर तथा निकै महत्वपुर्ण खेलाडी बेन स्टोकले यो सिजनको बाँकी आइपीएलका खेल गुमाउने भएको छ ।

राजस्थान रोयल्र्सले चोटका कारण स्टोक्सले आइपीएलका बाँकी खेल गुमाउने जानकारी दिएको छ । पञ्जाव किंग्सविरुद्धको खेलमा फिल्डिङका क्रममा स्टोक्सले चोट बोेकेका थिए । उनको औंला भाच्चिएको बताइएको छ । जसका कारण उनले यो सिजनका बाँकी खेल खेल्न नपाउने राजस्थानले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

राजस्थानले पहिलो खेलमा मात्र चार रनको हार ब्यहोर्दा स्टोक्सले ब्याटिङमा राम्रो गर्न सकेका थिएनन् । उनी तीन बलमा खाता खोल्न नपाउँदै पेभेलियन फर्किएका थिए ।

बलिङमा पनि उनले चोटका कारण एक ओभर मात्र गरेका थिए । स्टोक्स प्रतियोगिताका बाँकी खेल नखेल्ने भएपछि राजस्थानलाई ठूलो झट्का लागेको छ । यसअघि उसका मुख्य बलर जोफ्रा आर्चरले पनि कुहिनाको चोटका कारण आइपीएलबाट बाहिर भएका थिए । उनी अहिले सामान्य प्रशिक्षणमा फर्किएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest