त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा, आशिफ र साहब पहिलो पटक टिममा

बैशाख चार गतेबाट कीर्तिपुर मैदानमा हुने त्रिकोणात्मक टी २० क्रिकेट सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा युवा खेलाडी साहब आलम र आसिफ शेखले पहिलो पटक टिममा स्थान बनाएका छन ।

२० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको प्रशिक्षक डेभ ह्वाटमोरको सल्लाहमा क्यानले १५ खेलाडीको टिमको घोषणा गरेको हो ।

जसमा टी २० क्रिकेटमा साहब आलम र आशिफले पहिलो पटक स्थान बनाएका छन । आशिफले सन् २०१७ मा बंगलादेशमा भएको इमर्जिङ एशिया कपमा ५० ओभरको खेलमा राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

यस्तै स्पिनर साहब आलमले सिनियर टिममा स्थान बनाएको पहिलो पटक हो ।

त्रिकोणात्मक सिरिजमा नेपाल, मलेसिया र नेदरल्याण्ड्स खेल्नेछ । जसमा पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest