जिम्बावेका लेजेन्ड क्रिकेटर स्ट्रिक प्रतिबन्धमा

जिम्बावे क्रिकेट टिमका पूर्व कप्तान तथा लेजेन्ड क्रिकेट हिथ स्ट्रिकलाई आठ बर्षको प्रतिबन्ध लागेको छ । आइसीसीको एन्टी करप्सन युनिटलेले स्ट्रिकलाई खेलमा भ्रष्टाचार गर्न खोजेको भन्दै सो कारवाही लगाएको हो ।
खेलाडी जीवनपछि उनले सन् २०१७ र २०१८ मा विभिन्न प्रतियोगितामा खेल मिलोमतो गराउन सहयोगी भूमीका खेलेको भन्दै अनुसन्धान गरिएको थियो । जसमा उनलाई पनि सोधपुछ भएको थियो ।
यो क्रममा उनले आफुमाथि लागेको आरोपलाई स्विकार गरेका थिए । उनले अन्तराष्ट्रिय क्रिकेटका साथै फ्रेन्चाइजी लिग आइपीएल, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिगका बेला प्रशिक्षकका रुपमा भ्रष्टाचार गर्न खोजिएको आरोप लागेको थियो ।
जिम्बावेका लागि महान खेलाडी मानिने स्ट्रिकमाथिको कारवाहीको विरोधमा उनले कुनै प्रतिक्रिया दिएका छैनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest