बैंग्लोरकाे लगातार दाेस्राे जित

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोर लगातार दोस्रो जित निकालेको छ । आइपीएलको इतिहासमा पहिलो पटक बैंग्लोरले सिजनको सुरुवातमा नै लगातार दुई खेल जितेको हो । उसले हैदरावादलाई ६ रनले हरायो । प्रतियोगितामा हैदरावादको लगातार दोस्रो हार हो ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४९ रन बनाएको हो ।

बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय पारि खेल्दा कप्तान विराट कोहलीले ३३ रनको योगदान गरे ।

ओपनिङ आएका काेहलीले २९ बलमा चार चाैकाकाे मद्दतले ३३ रनको योगदान दिए ।

अर्धशतकीय पारि खेल्दा म्याक्सवेलले ४१ बलमा ५९ रनको उत्कृष्ट पारि खेले । उनले पाँच चाैका र तीन छक्का प्रहार गरे । अरु खेलाडीले भने खासै राम्राे गर्न सकेनन् ।

सनराइजर्सका लागि जेसन होल्डरले तीन विकेट लिँदा रासिद खानले दुई विकेट लिए ।

जवाफमा हैदरावादले २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ४३ रनमा रोकियो ।

राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १३ रनमा पहिलो विकेट गुमायो । तर दोस्रो विकेटका लागि डेविड वार्नर र मनिश पाण्डेले ८३ रनको साझेदारी गरेका थिए । तर वार्नर ५४ रनमा आउट भए । उनले ३७ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यस्तै मनिश पाण्डेले ३८ रन बनाउँदा जोनी ब्रेस्टोले १२ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका अब्दुल समदले खाता खोल्न सकेनन् । विजय शंकर तीन रनमा आउट भए भने जेसोन होल्डर मात्र चार रनमा पेभेलियन फर्किए ।

एक सय १५ रनमा चार विकेट गुमाएको हैदरावादले एक सय ३० रन बनाउँदा सात विकेट खेर फालेको थियो । अन्तिममा रासिद खानले १८ रन बनाउँदै झिनो आशा देखाएका थिए । तर उनी १८ रनमा आउट भएपछि हैदरावादको त्यो आशा पनि समाप्त भयो ।

अन्तिम ओभरमा हैदरावादलाई जितका लागि १६ रन चाहिएको थियो । तर उसले नौ रन जोड्दा दुई विकेट गुमाउन पुग्यो । बलिङमा सहबाज अहमेदले तीन तथा मोहम्मद सिराज र हर्षल पटेलले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest