पारसले टी-२० सिरिज गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी पारस खड्काले मलेसिया र नेदरल्याण्ड्ससम्मिलित टी २० सिरिज अन्तिम समयमा आएर खेल्न नपाउने भएका छन ।

बन्द प्रशिक्षणमा फिल्डिङका क्रममा उनको काँधमा चोट लागेको थियो । जसका कारण उनलाई डाक्टरले तीन साता आराम गर्न सल्लाह दिएका छन ।

पारसलाई डेभ ह्वाटमोरले १५ खेलाडीको सूचीमा राखेपनि अन्तिममा उनले टिम छोड्नुपर्ने भएको छ । उनको स्थानमा को खेलाडीलाई ल्याउने भन्ने एकिन भएको छैन ।

पारस आफैले पनि सोसियल मिडियामा आइतबार अभ्यास खेलका क्रममा क्याच लिन खोज्दा काँधको मांशपेशीमा चोट लागेको र पछिल्लो पाँच दिनमा निरन्तर डाक्टरको फलोअपका कारण अझै यो चोट निको हुन दुई देखि तीन साता लाग्ने भएको बताएका छन । उनले चोटबाट मुक्त हुन रिह्याबमा जाने र यो प्रतियोगिता खेल्न नपाउने बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest