त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

भोलीदेखि सुरु हुने त्रिकोणात्मक टी २० सिरिजको उपाधि जित्ने टिमले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।

कोरोनाको महामारी नेपालमा कायमै हुँदा विशेष सावधानीका साथ आयोजना हुन लागेको यो सिरिजमा नेपालसँग मलेसिया, नेदरल्याण्ड्स खेल्नेछन । प्रतियोगितामा भोली नेपालले नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगिताको उपाधि जित्ने टिमले पाउने ट्रफीलाई तीनै देशका कप्तानले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।

नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्सँग पहिलो पटक खेल्दैछ । नेदरल्याण्ड्स टिममा तीन मुख्य खेलाडी यो पटक नेपाल आएका छैनन् ।

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले तयारीको समय छोटो भएको भएपनि पछिल्लो पटक एकपछि अर्को घरेलु प्रतियोगिता खेलेकाले सबै खेलाडी राम्रो लयमा रहेको र उपाधि जित्ने लक्ष्य नै रहेको बताए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest