सिमित दर्शकमात्र खेलमा प्रवेश गराइने

नेपाल क्रिकेट संघ क्यानले शनिबारबाट सुरु हुने त्रिकोणात्मक टी २० सिरिजका लागि दर्शक प्रवेश गराउने भएको छ । तर क्यानले सिमित दर्शकलाई खेलका दौरान मैदानमा प्रवेश गराउने बताएको छ ।

कोरोनाका कारण स्वास्थ्य मन्त्रालयले नै खेलकुदमा भिडभाड नगर्ने सूचना जारी गरिसकेको अवस्थामा प्रतियोगिताका बेला सिमित दर्शकलाई प्रवेश गराउने क्यानका जनरल म्यानेजर रौनक मल्लले बताए ।

उनले कोरोनाको प्रोटोकललाई ध्यानमा राखेर दर्शकलाई प्रवेश गराउने जानकारी दिए । उनले यसअघि दर्शकका लागि जुन योजना बनाएको थियो, त्यो भन्दा कमलाई प्रवेश गराउने र भिडभाड नहुने गरेर राखिने बताए । साथै उनले कोरोनाको प्रोटोकललाई पुर्ण रुपमा ध्यान दिइने बताए ।

क्यानले यो प्रतियोगिताका लागि टिकटको मुल्य एक सय ५० रुपैयाँ राखिएको छ भने अनलाईनबाट टिकटको विक्रि गरिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग भोलि ९शनिबार० खेल्नेछ ।  खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest