पारसका स्थानमा जाेरा टिममा

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि सन्दीप जोरालाई टिममा बोलाएको छ । चोटको कारण पारस खड्काले सिरिज गुमाउने भएपछि क्यानले जोरालाई टिममा बोलाएको हो ।

पूर्व कप्तान समेत रहेका पारसले टिमको प्रशिक्षण दौरान चोट बोकेका थिए । उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए ।

डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन् । ब्याट्सम्यान जोराले सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका छन् ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग भोलि (शनिबार) खेल्नेछ । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest