नेपाल र नेदरल्याण्ड्सकाे भिडन्त आज

नेपाल,नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखला आजबाट काठमाण्डौंमा शुरु हुँदैछ ।

आजबाट शुरु हुने त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलाको पहिलो खेलमा घरेलु टोली नेपालले चिरप्रतिद्वन्दी नेदरल्याण्डससँग खेल्दैछ ।

यी दुइबिचको खेल दिउँसो १ः १५ बजेबाट किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु हुनेछ ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ भने नेदरल्याण्डस पिटर सिलारको नेतृत्वमा मैदानमा ओर्लनेछ ।

तर नेपाललाई पहिलो खेल शुरु हुन एकदिन अघि महत्वपूर्ण खेलाडी पारस खड्का चोटका कारण गुमाउन पर्दा ठूलो क्षति पुगेको छ । उनको स्थानमा युपा सन्दिप जोराले खेल्ने तय भएको छ ।

नेपाल र नेदरल्याण्डसबिच अहिलेसम्म ८ पटक टी २० खेल भएको छ जसमा नेदरल्याण्डसले ५ खेल जित्दा नेपालले दुईपटक मात्र नतिजा आफ्नो पक्षमा पार्न सकेको छ । एक खेल भने नतिजाविहिन टुङ्गिएको थियो ।

एशोसिएट राष्ट्रहरुमा बलियो मानिएको नेदरल्याण्डसबिरुद्ध मैदान आफुनै भएपनि नेपाललाइ आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्न आफ्नो शत प्रतिशत लाउन निक्कै आवश्यक छ ।

डबल राउडरोबिनको आधारमा आयोजना हुने प्रतियोगिताको शिर्ष दुई टोलिले उपाधिका लागि फाइनल खेल्नेछ ।

लामो समयदेखि अन्तराष्ट्रिय क्रिकेटबाट टाढा रहेको नेपालले गत माघमा घरेलु मैदानमा आइसीसी विश्व लिग प्रतियोगिता खेलेको थियो ।

कोरोनाका कारण नेपालको कुनै क्रिकेट गतिविधि नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक तीन देश सम्मिलित टी २० क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

कोरोनाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलिको अन्तराष्ट्रिय प्रतियोगिताहरुको तालिका रद्द हुँदै आएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest