नेदरल्याण्ड्सद्वारा नेपालसामु १३६ रनकाे लक्ष्य

त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सबाट एक सय ३६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो । पाहुना टिम नेदरल्याण्ड्सले सुरुवात भने राम्रो गर्न सकेन । उसको स्कोर ११ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो । उसका म्याक्स ओडोडलाई सन्दिप लामिछानेले १० रनमा आउट गरे । त्यसपछि डच टिमको स्कोर १२ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक नेपालका लागि सोमपाल कामीले विकेट लिन सफल भए । डच टिमका बेन कुपरलाई सोमपालले खाता खोल्न दिएनन् ।

तेस्रो विकेटका लागि बाड डी लिड र कप्तान पिटर सेलारले ६१ रनको साझेदारी गरेको थिए । तर यो खेलबाट अन्तराष्ट्रिय टी २० क्रिकेटमा डेब्यु गरेका साहब आलमले यो पार्टनरसिपलाई तोड्न सफल भए । जसमा उनले स्कोट इडवार्डलाई ३० रनमा साहब आलमको हातबाट क्याच आउट गराए । जसका कारण नेदरल्याण्ड्सले ७३ रनमा तेस्रो विकेट गुमायो । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।

नेदरल्याण्ड्सको स्कोर ९९ रन हुँदा चौथो विकेट झर्यो । सन्दिप लामिछानेले बास डी लिडलाई ४१ रनमा कुशल भुर्तेलको हातबाट क्यान आउट गराए । सन्दिपले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए । उनको घरेलु मैदानमा खेलेको यो पहिलो अन्तराष्ट्रिय खेल हो । जसमा उनले कसिलो बलिङ गर्न सफल भए ।

त्यसपछि कप्तान पिटर सेलारले २३ रन बनाए भने एन्टोनिउस स्टालले २१ रनको योगदान गरे ।

बलिङमा सन्दिप र साहब बाहेक सोमपाल कामीले एक विकेट लिए । सोमपालले चार ओभरमा मात्र १३ रन खर्चिएर एक विकेट लिए भने करण केसीले चार ओभरमा २२ रन खर्चिएर विकेट लिन सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest