डेब्यु खेलमा नै कुशल भुर्तेलकाे अर्धशतक

नेपालका लागि अन्तराष्ट्रिय टी २० क्रिकेटको डेब्यु खेलमा नै कुशल भुर्तेलले उत्कृष्ट प्रर्दशन गरेका छन ।

नेपालको ओपनिङको जिम्मेवारी पाएका कुशलले नेदरल्याण्ड्सका बलर विरुद्ध पहिलो बलबाट नै आक्रामक ब्याटिङ गरेका थिए ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कुशलले आशिफ शेखसँग ११६ रनको साझेदारी गर्न सफल भए ।

भुर्तेलले ३० बलमा अर्धशतक बनाए । जसमा उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । उनले ४६ बलमा ६२ रनको पारी खेल्दै नेपाललाई सानदार जित दिलाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest