कुशल भुर्तेल र आशिफ शेखले नयाँ कीर्तिमान

नेपालका लागि अन्तराष्ट्रिय टी २० क्रिकेटको डेब्यु खेलमा नै कुशल भुर्तेल र आशिफ शेखले नयाँ कीर्तिमान बनाएका छन ।

टी २० अन्तराष्ट्रियमा पहिलो विकेटका लागि धेरै रनको साझेदारी गर्ने रेकर्ड बनाएका छन । उनीहरुले पारस खड्का र ज्ञानेन्द्र मल्लको एक सय आठ रनको यसअघिको रेकर्डलाई तोडेका छन ।

नेपालको ओपनिङको जिम्मेवारी पाएका कुशलले नेदरल्याण्ड्सका बलरविरुद्ध पहिलो बलबाट नै आक्रामक ब्याटिङ गरेका थिए । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कुशलले आशिफ शेखसँग ११६ रनको साझेदारी गरेपछि पारस र ज्ञानेन्द्रकाे रेकर्ड ताेडिएकाे हाे ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा भुर्तेलले ३० बलमा अर्धशतक बनाए । जसमा उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । उनले ४६ बलमा ६२ रनको पारी खेल्दै नेपाललाई सानदार जित दिलाए । यस्तै आसिफ शेख ५४ रनमा अविजित रहे । उनले ३८ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest