त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा अहिले नेदरल्याण्ड्स मलेसियाविच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
यो प्रतियोगिताको पहिलो खेलमा नेपालसँग नौ विकेटले पराजित भएको नेदरल्याण्ड्स आज मलेसियालाई हराएर फाइनलमा पुग्ने होडलाई कायम राख्ने लक्ष्यमा छ ।
यता प्रतियोगितामा पहिलो खेल खेलिरहेको मलेसिया नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक जितेको खोजिमा हुनेछ ।