नेदरल्याण्ड्स १५ रनले विजयी

नेदरल्याण्ड्सले त्रिकोणात्मक एकदिवसिय टी २० सिरिजमा पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । नेपालसँग नौ विकेटको भारी अन्तरले हारेको नेदरल्याण्ड्सले मलेसियाविरुद्ध भने राम्रो प्रदर्शन गर्यो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका नेदरल्याण्ड्सले २० ओभरमा मात्र दुई विकेट गुमाउँदै एक सय ९१ रन बनायो । उसका लागि म्याक्सले उत्कृष्ट पारी खेले ।

उनी नेदरल्याण्ड्सका लागि टी २० अन्तराष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन । उनले ५९ बलमा शतक बनाएका थिए । सुरुवात राम्रो गर्न नसकेको नेदरल्याण्ड्सले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ६६ रनमा दोस्रो विकेट गुमाएको डच टिमका लागि म्याक्स र कप्तान बेन कुपरले शतकीय साझेदारी गरे । उनीहरुले एक सय २५ रनको साझेदारी गरे ।

जसमा म्याक्सले अविजीत एक सय रन बनाए । उनले ७३ बलमा एक सय ३३ रन बनाए । जसमा १५ चौका र ६ छक्का प्रहार गरे । यस्तै स्कोट इडवार्डले ३१ रन बनाए भने बेन कुपरले २० रन बनाए ।

जवाफमा मलेसिया २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७६ रनमा रोकियो ।

खराव सुरुवात गरेको मलेसियाले १२ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका अनवर अरुदिन ६ रनमा आउट भए भने कप्तान अहमद फेइजले खाता खोल्न सकेनन् । त्यसपछि सेइज इजाजा पनि मात्र सात रनमा आउट भएपछि मलेसियाले २० रनमा तेस्रो विकेट खेर फाल्यो ।

चौथो विकेटका लागि सरभिन मुनीडे र भिरनदिप सिंहले ५८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर सरभिन २८ रनमा आउट भएपछि मलेसियाले ७८ रनमा चौथो विकेट गुमायो । त्यसको लगत्तै सफिक सरिफपनि खाता खोल्न नपाउँदै आउट भए ।

मलेसियाको स्कोर एक सय ३५ रन हुँदा सात विकेट झरेको थियो । उसका अनिमुदिन राम्लेले २६ रन बनाए भने खिजार हायात मात्र दुई रनमा पेभेलियन फर्किए ।

अन्तिममा विरनदिप सिंह ८७ रनमा आउट भएपछि मलेसियाले एक सय ६९ रनमा आठ विकेट गुमायो । उनले ५३ बलमा छ चौकार छ छक्का प्रहार गरे ।

बलिङमा नेदरल्याण्ड्सका आर्यन दत्त, बास डी लिडी र सवास्चियन ब्राटले दुई दुई विकेट लिए ।

प्रतियोगितामा नेपालले भोली मलेसियासँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest