त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले अहिले मलेसियासँग खेल्दैछ ।
जसमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुर मैदानमा नेपालको टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । जसमा आरिफ शेखको स्थानमा कुशल मल्ललाई मौका दिइएको छ ।
नेपालको सुरुवाती ११ यस्तो छ
ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहरा, साहब आलम, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल