नेपालको कसिलो बलिङमा मलेसिया दबावमा

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले मलेसियाविरुद्ध राम्रो सुरुवात गर्न सफल भएको छ । नेपालले मलेसियाका तीन विकेट सस्तैमा लिन सफल भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १७ रन हुँदा पहिलो विकेट गुमायो । उसका अनवर अरुदीलाई करण केसीले आठ रनमा आउट गरे । त्यसपछि मलेसियाको स्कोर ३४ रन हुँदा दोस्रो विकेट गयो । कप्तान अहमद फेइज मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि सोमपाल कामीले भिरन्दिप सिंहलाई मात्र ६ रनमा बोल्ड गरेपछि मलेसियाले ४५ रनमा तेस्रो विकेट खेर फाल्यो । लगत्तै सेइद अजिजलाई दिपेन्द्रसिंह ऐरीले २७ रनमा आउट गरेपछि मलेसियाले ५१ रनमा चौथो विकेट गुमायो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest