युवा क्रिकेटर कुशल भुर्तेलले टी २० अन्तराष्ट्रियमा लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा टी २० अन्तराष्ट्रियमा डेब्यु गरेका कुशलले सोहि खेलमा अर्धशतक बनाएका थिए ।
आज उनले मलेसिया विरुद्धपनि उत्कृष्ट पारी खेल्दै अर्धशतक बनाए । उनले २६ बलमा तीन चौका र ६ छक्का प्रहार गरे ।
यसका साथै उनले नेपाललाई उत्कृष्ट सुरुवात दिलाउन सफल भए ।