नेपालको अर्को सानदार जित

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको नेपालले आज मलेसियालाई पनि नौ विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा एक सय नौ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको मलेसियाले १७ रन हुँदा पहिलो विकेट गुमायो । उसका अनवर अरुदीलाई करण केसीले आठ रनमा आउट गरे । त्यसपछि मलेसियाको स्कोर ३४ रन हुँदा दोस्रो विकेट गयो । कप्तान अहमद फेइज मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि सोमपाल कामीले भिरन्दिप सिंहलाई मात्र ६ रनमा बोल्ड गरेपछि मलेसियाले ४५ रनमा तेस्रो विकेट खेर फाल्यो । लगत्तै सेइद अजिजलाई दिपेन्द्रसिंह ऐरीले २७ रनमा आउट गरेपछि मलेसियाले ५१ रनमा चौथो विकेट गुमायो ।

मलेसियाले ६८ रन बनाउँदा पाँचौं विकेट गुमायो । उसका सफिक सरिफलाई सन्दिप लामिछानेले १५ रनमा पेभेलियन फर्काए । लगत्तै अनिमुदिन राम्लेपनि ब्यक्तिगत पाँच रनमा आउट भएपछि नेपालले छैटौं विकेट लियो । सो बेला मलेसियाको स्कोर ७७ रन थियो ।

उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । मलेसियाले ९२ रन बनाउादा सातौं विकेट गुमायो । उसका खिजार हायातलाई कुशल मल्लले चार रनमा आउट गरे । लगत्तै सेजरुल इर्जुसलाई करणले आठ रनमा पेभेलियन फर्काए । जसका कारण मलेसियाले एक सय एक रनमा आठौं विकेट खेर फाल्यो । लगत्तै सरभिन मुनीडेलाई करण केसीले २० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गरए । जसका कारण एक सय ६ रनमा मलेसियाले नौ विकेट गुमायो ।

अन्तिममा मलेसिया एक सय नौ रनमा अलआउट भयो । बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए ।

जवाफमा नेपालले १२ ओभर एक बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखको जोडी मलेसियाविरुद्ध पनि उत्कृष्ट लयमा देखियो । टी २० क्रिकेटमा लगातार दुई खेलमा कुनैपनि नेपाली ओपनरले शतकीय साझेदारी गरेको यो पहिलो पटक हो ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा एक सय १६ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका कुशल र आशिफले मलेसियाविरुद्ध पनि आत्मविश्वासले भरिएको ब्याटिङ गरे । जसमा उनीहरुले एक सय दुई रनको साझेदारी गरे । जसमा आशिफले २९ बलमा चार चौका र एक छक्काको मद्दतले ४२ रन बनाए । यस्तै कुशलले ६१ रनको योगदान गरे ।

उनले ४१ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । यस्तै दिपेन्द्रसिंह ऐरीले अन्तिममा चौका प्रहार गर्दै टिमलाई जित दिलाए ।
अब नेपालले भोली नेदरल्याण्ड्ससँग आफ्नो तेस्रो खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest