महिला क्रिकेट टिमको प्रतियोगिता स्थगित

नेपाली राष्ट्रिय क्रिकेट महिला टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीच तय भएको सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार सिरिज स्थगित भएको जनाएको छ ।

कोरोना भाईरसको कारण भारतीय टिम नेपाल आउन नसक्ने भएपछि सिरिज स्थगित गरिएको क्यानले जनाएको छ ।

कोरोनाको कारण उत्तराखण्ड टिमले नेपाल भ्रमणको अनुमति नपाएको कारण सिरिज स्थगित गरिएको क्यानले जनाएको छ ।

नेपालले यहिँ अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने तालिका रहेको थियो ।

नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्ने तालिका थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest