काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट लयमा देखिएका कुशल भुर्तेल विश्व टी २० बरियतामा पहिलो पटक समावेश भएका छन ।
लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसीसीले जारी गरेको टी २० को नयाँ बरियतामा शिर्ष १०० मा पर्न सफल भएका छन । कुशल नयाँ बरियतामा ९३ औं स्थानमा रहन सफल भएका छन । उनको रेटिङ तीन सय ५९ रहेको छ ।
यसका साथै कुशल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका छन । कुशलले तीन खेलमा एक सय ८५ रन बनाएका छन । जसमा तीन अर्धशतक रहेका छन ।
नयाँ बरियतामा पारस ८३ औं स्थानमा पुगेका छन । उनी एकैपटक १० स्थान तल झरेका छन । पारसले चोटका कारण त्रिकोणात्मक टी २० सिरिज गुमाएका थिए । जसका कारणपनि उनको बरियता खस्किएको हो ।
बलिङमा सन्दिप लामिछाने ७७ औं स्थानमा उक्लिएका छन । उनले बरियतामा सात स्थान सुधार गरेका छन ।