त्रिकोणात्मक टी २० सिरिजमा नेपालले अहिले मलेसियासँग खेल्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
कीर्तिपुर मैदानमा जारी खेलमा नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा अभिनाश बोहराको स्थानमा कमलसिंह ऐरीलाई सुरुवाती ११ मा राखिएको छ ।
यस्तै साहब आलमको स्थानमा सुसन भारीलाई टिममा राखिएको छ ।
कमलको टी २० अन्तराष्ट्रियमा यो डेब्यु खेल हो । उनीसँगै यो सिरिजमा चार खेलाडीले टी २० मा डेब्यु गरेका छन ।
जसमा यसअघि कुशल भुर्तेल, साहब आलाम, आशिफ शेखले डेब्यु गरेका थिए ।