नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनको लक्ष्य

कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङका कारण त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनको लक्ष्य दिएको छ । नेपालले टी २० अन्तराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।

कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ३८ रन बनायो ।

मध्यम सुरुवात गरेको नेपालले ३० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर आशिफ शेख १६ रनमा आउट हुन पगे । त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले कुशल भुर्तेलसँग ५७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । ज्ञानेन्द्रले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए ।

त्यसपछि कुशल जोडीले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जसमा कुशल भुर्तेलले ७७ रन बनाए । जसमा उनले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । जसका कारण नेपालले एक सय ६३ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ७५ रनको योगदान गरे । जसमा मल्लले २४ बलमा दुई चौका र पाँच छक्काको मद्दतले ५० रन बनाए भने एरीले १८ बलमा पाँच चौका र तीन छक्काको सहायतामा अविजित ४८ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest