दिल्ली क्यापिटल्स सुपर ओभरमा विजयी

इन्डिन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्यो । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शा र शिखर धवनले ८१ रनको साझेदारी गर्दै बलियो शुरुवात गरेका थिए ।

पहिलो विकेटको रुपमा धवन २६ बलमा २८ रन बनाएर आउट भएका थिए । यसैगरी शा पनि अर्धशतकीय पारि खेल्दै रन आउट भएका थिए । शाले ५३ रन बनाउँदा ३९ बल फेस गरेका थिए । यस्तै कप्तान ऋषभ पन्त ३७ रन बनाएर आउट हुँदा स्टेभन स्मिथ ३४ रनमा नटआउट रहे ।

हैदरावादका सिद्धार्थ कुलले २ विकेट लिँदा रासिद खानको नाममा एक विकेट रह्यो ।

जवाफमा हैदारावादले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ५८ रन नै बनाएपछि खेल टाइ भएको हो । २८ रनमा पहिलो विकेट गुमाएको हैदरावादले ५६ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि उसको स्कोर एक सय १७ रन हुँदा ६ विकेट गएको थियो । हैदरावादका कप्तान डेविड वार्नर ६ रनमा आउट भए भने जोनी ब्रेस्टोले ३८ रन बनाए । यस्तै विराट सिंहले चार तथा केदार जादवले नौ रन बनाएर आउट भए ।

यस्तै अभिशेख शर्मा पाँच रनमा पेभेलियन फर्किदा रासिद खानले खाता खोल्न सकेनन् । यस्तै विजयशंकरले पनि आठ रन बनाए ।
हैदरावादलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । जसमा उसले १४ रन जोडेपछि खेल टाइ भएको हो । उसका लागि विलियम्सनले उत्कृष्ट ६६ रनको पारी खेले । जसमा उनले ५१ बलमा आठ चौका प्रहार गरे ।

यस्तै जगदिशा सुचिथले १५ रनको योगदान गरे ।

सुपर ओभरमा पहिले ब्याटिङमा गरेका हैदरावादले सात रन बनायो । जसलाई दिल्लीले अन्तिम बलमा पुरा गर्यो । जारी प्रतियोगितामा दिल्लीको यो चौथो जित हो भने हैदरावादको पनि चौथो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest