पृथ्वी शाकाे ६ बलमा ६ चाैका

दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी शाले कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा एकै ओभरमा ६ चौका प्रहार गरेका छन ।

कोलकाताले दिएको एक सय ५५ रनको लक्ष्य पक्ष्याउने क्रममा दिल्लीको ओपनरका रुपमा आएका पृथ्वीले पहिलो ओभरमा नै लगातार ६ चौका हिर्काए । उनले शिभंम माभीको बलमा लगातार छ चौका प्रहार गरे । उनले पहिलो ओभरमा नै २५ रन बटुले ।

माभीले पहिलो ओभरको पहिलो बल वाइड फालेका थिए । यतिमात्र होइन उनले यो खेलमा आफ्नो विस्फोटक ब्याटिङ गर्न सफल भए । जसमा उनले १८ बलमा अर्धशतक पनि बनाए । दिल्लीका लागि कम बलमा अर्धशतक बनाउने उनी पहिलो खेलाडी बने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest