इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले चेन्नेई सुपर किंग्समाथि चार विकेटको रोमाञ्चक जित निकालेको छ । कायरन पोलार्डको विस्फोटक पारीका कारण मुम्बईले जारी आइपीएलमा चौथो जित निकाल्न सफल भयो ।
दिल्लीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १८ रन बनायो । खराव सुरुवात गरेका चेन्नेईले मात्र चार रनमा पहिलो विकेट गुमायो ।
तर दोस्रो विकेटकालागि मोयन अली र फाप डुप्लिसिसविच शतकीय साझेदारी भएको थियो । उनीहरुले चेन्नेईको पारी सम्हाल्ने क्रममा दोस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गरे ।
यस्तै रविन्द्र जडेजाले २२ रनको योगदान गरे ।
जवाफमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको मुम्बईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । उसका ओपनर रोहित शर्मा ३५ रनमा आउट भएपछि मुम्बईले पहिलो विकेट गुमायो ।
तर उसले बाँकी दुई विकेट भने चाँडै खेर फाल्यो । शुर्यकुमार यादव मात्र तीन रनमा आउट भए भने अर्का ओपनर क्विन्टन डी कक ३८ रनमा पेभेलियन फर्किदा मुम्बईले ८१ रनमा तीन विकेट गुमायो ।
चौथो विकेटका लागि कुर्नाल पाण्ड्या र कायरन पोलार्डले एक सय ५९ रनको साझेदारी गर्दै टिमलाई निकै बलियो स्थितीमा पुर्याए । जसमा कुुर्नालले ३२ रनको योगदान गरे । त्यसपछि हार्दिक पाण्ड्या १६ र जेम्स निसामले खाता खोल्न नपाउँदै आउट भएपछि मुम्बईले दुई सय तीन रनमा ६ विकेट गुमायो ।
मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । जसमा पाेलार्डले दुई चाैका र एक छक्का प्रहार गर्दै पुरा गर्न सफल भयो । मुम्बईको जितमा पोलार्डले अविजीत ८७ रन बनाए । उनले ३४ बलमा छ चौका र आठ छक्का प्रहार गरे ।
यो जितपछि मुम्बईको सात खेलमा आठ अंकको साथ चौथो स्थानमा नै छ भने हारपछि पनि चेन्नेई रन रेटटका आधारमा दिल्लीसँग समान १० अंक भएपनि शिर्ष स्थानमा छ ।