नेपालको टी २० र एकदिवसियको बरियतामा सुधार

आइसीसीको नयाँ बरियतामा नेपाल एक स्थान सुधार गरेर १३ औं स्थानमा उक्लिएको छ ।

पछिल्लो पटक घरेलु मैदानमा त्रिदेशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि नेपालले टी २० बरियतामा दुई स्थान सुधार गरेको हो ।

सो प्रतियोगिता जितेको दुई दिनमा नै १५ औं सथनबाट १४ औं मा पुगेको नेपाल अहिले १३ औंमा उक्लिएको छ ।

यसका साथै नेपालले एकदिवसिय बरियतामा लामो समयपछि सुधार गरेको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल अहिले १६ औंमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest