इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिज र टेष्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टिमको घोषणा

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिज र विश्व टेष्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टिमको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको खेलाडीको सूचीमा २० जना राखिएको छ ।

बीसीसीआईले सार्वजनिक गरेको सूचीमा हार्दिक पाण्ड्या र कुलदिप यादवलाई राखिएको छैन । यस्तै लोकश राहुल र रिद्धमान शाहले फिटनेश टेष्ट पास गर्नुपर्ने भएको छ ।

न्यूजिल्याण्डविरुद्ध अगष्टको १८ देखि २२ तारिखमा हुने टेष्ट च्याम्पियनसिपको फाइनलपछि भारतले इंग्ल्याण्डसँग पाँच टेष्टको सिरिज खेल्नेछ । जुन अगष्टमा सुरु भएर सेप्टेम्बरमा सकिनेछ ।

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिज अगष्टको चार तारिखबाट सुरु हुनेछ । भारतीय टिम जुन दुई तारिखमा इंग्ल्याण्ड प्रस्थान गर्नेछ ।

भारतले दुई टुरका लागि कुल २४ खेलाडी इंग्ल्याण्ड लाने भउको छ । जसमा अभिमन्यूपनि टिममा छन । यस्तै तीन जना तिब्रगतिका अतिरीक्त बलरलाई पनि टिममा राखिएको छ । जसमा प्रशिद्ध कृष्ण, आभेष खान र अर्जान छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest