श्रीलंका टीमकाे कप्तान परिवर्तन

श्रीलंका क्रिकेट बोर्डले बंगलादेशसँगकाे एकदिवसिय क्रिकेट टिमका ब्यापक परिवर्तन गरेको छ । बोर्डले टीमको कप्तान र उपकप्तानमा परिवर्तन गरेको छ ।

श्रीलंका क्रिकेट टिमले दिमुथ करुणारत्नेलाई कप्तान पदबाट हटाएर कुशल परेरालाई नयाँ जिम्मेवारी दिएको छ । यस्तै उपकप्तानमा पनि कुशल मेन्डिसलाई जिम्मा दिएको छ ।

वेष्ट इण्डिजसँगको एकदिवसीय सिरिज ३-० ले गुमाएपछि श्रीलंकाले कप्तान परिवर्तन गरेको हो । त्यस्तै, श्रीलंकाले टिमका अनुभवी खेलाडीलाई विश्राम दिएको छ ।

दिनेश चन्डिमल, एन्जेलो म्याथ्यूज, लाहिरु थिरिमानेलगायत अनुभवी खेलाडी टिममा अटाएका छैनन् । उनीहरूको स्थानमा चमि करुणारत्ने शिरान फर्नान्डो, असिथ फर्नान्डो, बिनुरा फर्नान्डो जस्ता नयाँ अनुहारले टिममा स्थान बनाएका छन् ।

दनुष्‍का गुनाथिलाका, धनन्जय डी सिल्‍वा, एशेन भण्डारा, निरोशन डिकवेला, दसुन शनाका, इसुरु उडाना, रमेश मेन्डिस, लक्षण सदाकन, अकिला धनन्जय, वानिन्दु हसरंगाले भने टिममा स्थान बनाउन सकेका छन् ।

श्रीलंका टिमले बंगलादेशसँग तीन म्याचको एकदिवसीय सिरिज खेल्नेछ । यो सिरिज बंगलादेशमा २३, २५ र २८ मेमा हुँदैछ ।

श्रीलंकाको टिम : कुसल परेरा (कप्‍तान), कुसल मेन्डिस (विकेटकीपर), दनुष्‍का गुनाथिलाका, पथम निसंका, धनन्जय डी सिल्‍वा, एशेन भण्डारा, निरोशन डिकवेला, दसुन शनाका, इसुरु उडाना, दुश्‍मम्थ चमीरा, रमेश मेन्डिस, लक्षण सदाकन, अकिला धनन्जय, वानिन्दु हसरंगा, चमिका करुणारत्‍ने, असिथ फर्नान्डो, बिनुरा फर्नान्डो र शिरान फर्नान्डो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest