श्रीलंकाले कुशल परेराको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा

श्रीलंकाले बंगलादेश भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

श्रीलंकाले कुशल परेराको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो ।

टिममा परेरासहित कुशल मेन्डिस, दनुश्का गुनाथलिका, धनन्जय डी सिल्भा, पाथुम निशान्का, दसुन शनका, अशेन बन्दरा, वानिन्दु हसरंगा रहेका छन् ।

यस्तै इसुरु उदना, अकिला धनन्जय, निरोशन डिक्वेला, दुश्मन्था चामिरा, रमेश मेन्डिस, असिथा फेर्नान्डो,लक्सन सन्दकान, चामिका करुनारत्ने, बिनुरा फेर्नान्डो र शिरण फेर्नान्डो रहेका छन् ।

श्रीलंकन टिम मे १६ मा बंगलादेश प्रस्थान गर्ने छन् ।

ढाकामा बंगलादेश र श्रीलंकाबीच एकदिवसीय सिरिज हुनेछ ।

ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा बंगलादेश र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

आईसीसी एकदिवसीय सुपर लिग अन्तर्गत रहेको सिरिजको पहिलो खेल मे २३ मा हुनेछ ।

यस्तै दोस्रो खेल मे २५ र अन्तिम खेल मे २८ मा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest