वाटलिङले इंग्ल्यान्ड भ्रमणपछि सन्यास लिने

न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान विजे वाटलिङले इंग्ल्यान्ड भ्रमणपछि सन्यास लिने भएका छन् ।

न्युजिल्याण्डले आगामी जुनमा इंग्ल्यान्डको भ्रमण गर्नेछ । उक्त भ्रमणपछि वाटलिङले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिने भएका हुन् ।

इंग्ल्यान्ड भ्रमण दौरान वाटलिङले भारतविरुद्ध हुने टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेछन् । यस्तै इंग्ल्यान्डविरुद्ध दुई टेस्ट सिरिज खेल्ने छन् ।

‘मेरो लागि यो सहि समय छ,’ सन्यासबारे वाटलिङले भनेका छन् । ३५ वर्षीय वाटलिङले राष्ट्रिय टिमका लागि २००९ मा डेब्यु गरेका थिए ।

वाटलिङले सबै फर्म्याट गरि न्युजिल्याण्डका लागि १ सय ६ खेल खेलेका छन् । जसमा ४ हजार ३ सय ८४ रन जोड्दा २ सय ८२ क्याच लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest