सकिवले पीएसएल गुमाउने

बंगलादेशका क्रिकेटर शकिब अल हसनले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेल गुमाउन सक्ने भएका छन् ।

ढाका प्रिमियर लिगको कारण हसनले पीएसएल गुमाउन सक्ने भएका हुन् । बंगलादेश क्रिकेट बोर्डले ढाका प्रिमियर लिग मे ३१ बाट सुरु हुने जनाएको छ ।

यता, पीएसएलको बाँकी खेल भने जुन २ बाट कराँचीमा सुरु हुने तालिका रहेको छ । तर, पीएसएलको बाँकी खेलहरु युएईमा आयोजना हुने सम्भावना रहेको छ । हसन लाहोर क्वालन्डर्समा आबद्द छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest