टी-२० विश्वकपमा टीमकाे संख्या २० पुरयाउने योजना

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२४ को टी २० विश्वकपमा सहभागि टीमको संख्या २० पुरयाउने योजना बनाएको छ ।

केहि साता अगाडी एकदिवसिय विश्वकपमा सहभागि टिमको संख्या १४ पुर्याउने निर्णय गरेको आइसीसीले अब टी २० विश्वकपमा पनि टिम बढाउने योजना बनाएको छ ।

यो बर्ष हुने टी २० विश्वकपमा १६ टिमको सहभागिता हुनेछ । तर २०२४ मा त्यो संख्या २० पुर्याउने योजना बनाएको छ । आइसीसीको योजना अनुसार सहभागि टिमलाई चार समुहमा विभाजन गरेर समुह चरण खेलाउने बताइएको छ ।

यसका साथै आइसीसीले टेष्ट मान्यता नपाएका एसोसियट देशहरुविच फेरी चारदिवसिय इन्टर कन्टिनेन्टल कप सुरु गर्ने योजना पनि बनाएको छ । पछिल्लो चार बर्षदेखि यो प्रतियोगिता हुन सकेको छैन ।

जसका कारण एसोसियट टिमले आइसीसीको लामो फरम्याटको प्रतियोगिता खेल्न पाएका थिएनन् । अब यो प्रतियोगिता फेरी सुरु भएको खण्डमा नेपाललाई पनि फाइदा हुनेछ । नेपालले सन् २००५ पछि इन्टर केन्टिनेन्टल कप खेलेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest