अस्ट्रेलियन क्रिकेटरहरु आईपीएल स्थगित भएपछि स्वदेश फिर्ता भएका छन् ।
गत मे चार तारिखमा आईपीएल स्थगित भएको २ हप्ता पछि खेलाडीहरु अस्ट्रेलिया फर्किएका हुन् ।
भारतबाट सिधै अस्ट्रेलिया उडान स्थगित भएपछि खेलाडीहरु माल्दिभ्स हुँदै स्वदेश फिर्ता भएको र उनीहरु सोमबार विहान सिड्नीमा उत्रिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अस्ट्रेलिया फर्किएकाहरुमा खेलाडी, प्रशिक्षक, अम्पाएर, कमेन्टेटर रहेका छन् ।
खेलाडीहरु स्टीव स्मिथ, डेभिड वार्नरसहित केही खेलाडीहरु सिधै घर जान भने पाउने छैनन् ।
उनीहरु सिड्नीकै होटेलमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ । उनीहरुको कोरोनाको दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर फर्कन पाउने छन् ।