दक्षिण अफ्रिकाको टिम घोषणा

वेस्ट इन्डिजविरुद्धको टेस्ट तथा टी २० सिरिजका लागि दक्षिण अफ्रिकाको टिम घोषणा गरिएको छ । वेस्टइन्डिज र दक्षिण अफ्रिकाबीचको टेस्ट सिरिज आगामी १० जुनदेखि शुरुहुने छ ।

सेन्ट लुसियामा टेस्ट सिरिजको पहिलो म्याच हुने छ । दक्षिण अफ्रिकी टिमले त्यहाँ २ वटा टेस्ट म्याचका साथै पाँच टी २० पनि खेल्ने छ ।

टी २० सिरिज भने २६ जुनबाट शुरुहुने छ । वेस्टइन्डिजविरुद्धको सिरिजका लागि दक्षिण अफ्रिका टिमको कप्तानी डीन एल्गरले गर्ने छन् भने टी २० को कप्तानी टेम्बा बावुमाले गर्ने पनि जनाइएको छ ।

टेस्ट टिममा पहिलो पटक प्रेनेलन सुब्रियनयलाई पनि समावेश गरिएको छ । त्यसका साथै लिजाद विलियम्सले पनि पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् ।

दक्षिण अफ्रिका टिममा इमरान ताहिर, क्रिस मोरिस, फाफ डू प्लेसिसलाई भने सामेल गरिएको छैन् । आसन्न टी २० विश्वकपको तयारीका लागि उनीहरुलाई समावेश गर्ने चर्चा चलेको थियो ।

यसैगरी दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्धको सिरिजका लागि पनि टिम घोषणा गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest