टी-२० विश्वकप यूएईमा गर्नु ठिक-हस्सी

इन्डियन प्रिमियर लिगका बेला कोरोना संक्रमित भएका अष्ट्रेलियन पूर्व क्रिकेटर माइक हस्सीले यो बर्ष भारतमा टी २० विश्वकप गर्न निकै कठिन हुने बताएका छन । कोरोनाका कारण आइपीएल विचमा स्थगित भएपछि हस्सीलाई कोरोना पोजेटिभ देखिएको थियो । जसका कारण उनलाई भारतमा नै १४ दिन आइसोलेसन बस्नुपरेको थियो ।

लामो समयको पर्खाइपछि स्वदेश फर्किएका हस्सीले सिड्नीमा स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै अहिलेको अवस्था हेर्ने हो भने भारतमा टी २० विश्वकप गर्न निकै कठिन भएको र यसलाई यूएईमा नै सार्नु उचित हुने बताए ।

टी २० विश्वकप भारतले आगामी अक्टोबर र नोभेम्बरमा गर्ने तालिका रहेको छ । जसका लागि नौ वटा मैदान प्रस्ताव गरेको छ । तर पछिल्लो पटक कोभिडको महामारी भारतमा यसरी फैलिएको छ की पुरै त्रासिद अवस्था छ ।

यहि कारणले पनि आइपीएलविचमा नै स्थगित भएको थियो । आइपीएलका खेलाडीमा नै कोरोना देखिएपछि प्रतियोगिता स्थगित गर्नुपरेको थियो ।

उनले भारतमा विश्वक गर्नु निकै ठूलो चुनौती हुने उनको धारणा छ । आइपीएलको भन्दा धेरै खेलाडी टी २० विश्वकपका लागि आउने र उनीहरुलाई सुरक्षित राख्न र ब्यवस्थापन गर्नकालागि ठूलो योजना चाहिने उनले बताए ।

टी २० विश्वकप आयोजनाका विषयमा आइसीसीले पनि भारतको अवस्थालाई नियाली रहेको छ । आइसीसीले नै ब्याकअप भेन्युका रुपमा यूएईलाई राखेको छ । तर अहिलेको अवस्थामा यूएईले नै प्रतियोगिताको आयोजना गर्नसक्ने संभावना देखिएको छ । यसको छिनोफानो जुलाईमा हुने बैठकले गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest