श्रीलंका टुरमा द्रविड प्रशिक्षक हुने चर्चा

भारतीय पूर्व कप्तान राहुल द्रविड श्रीलंका टुरका लागि टिमको प्रशिक्षक बन्ने संभावना रहेको छ ।

क्रिकेट सम्बन्धी वेबसाइट क्रिक इन्फोले जनाए अनुसार बीसीसीआईले श्रीलंका टुरका लागि प्रशिक्षकको टुंगो लगाउन बाँकी रहेका बेला द्रविडले सो जिम्मेवारी पाउने संभावना रहेको बताएको छ । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवी शास्त्री इंग्ल्याण्ड टुरमा जाँदैछन ।

उनी अनुपस्थित हुने भएपछि बीसीसीआईले यो सिरिजका लागि नयाँ प्रशिक्षक पठाउने छ । जसमा द्रविडको नाम अगाडी आएको छ । भारतले श्रीलंकासँग तीन एकदिवसिय र तीन टी २० खेलको सिरिज खेल्ने तालिका छ । यो सिरिज जुलाई १३ देखि २७ सम्म हुनेछ ।

द्रविडले भारतको ए टिम र यू १९ टिमको प्रशिक्षक भइसकेका छन । द्रविड अहिले नेशन्ल क्रिकेट एकेडेमीको प्रमुखका रुपमा पनि रहेका छन ।

श्रीलंका भ्रमणमा भारतले जुलाई १३, १६ र १९ मा तीन एकदिवसिय खेल खेल्नेछ भने जुलाई २२, २४ र २७ मा तीन टी २० खेल्ने तालिका छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest