पाकिस्तान सुपर लिग यूएईमा हुने पक्का

पाकिस्तान सुपर लिग यूएईको आबुधावीमा हुन निश्चित भएको छ । आबुधावी क्रिकेट संघले पाकिस्तान सुपर लिग गर्नका लागि सम्पुर्ण स्विकृती दिएपछि पीएसएल आबुधावीमा हुने निश्चत भएको हो ।

कोभिडका कारण यसअघि पाकिस्तानमा हुँदाहुँदै स्थगित भएको पीएसएल फेरी जुनमा गर्ने तालिका निकालेको थियो । पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिता गर्नका लागि सबै स्विकृती पाएको जानकारी दिएको छ ।

पीसीबीले अब प्रतियोगितामा सहभागि ६ वटा फ्रेन्चाइजी मालिकसँग अनलाईमा बैठक राख्ने बताइएको छ । सो बैठकमा बोर्डले सबै टिमलाई प्रतियोगिताको तयारीका विषयमा जानकारी गराउनेछ ।

पाकिस्तान सुपर लिग जुन एक देखि २० तारिखसम्म हुनेछ । यसअघि कराँचीमा प्रतियोगिता हुँदा टिमका खेलाडीमा नै कोभिड देखिएपछि स्थगित भएको थियो । तर फेरी प्रतियोगिता पाकिस्तानमा नै गर्ने पीसीबीको निर्णयमा फ्रेन्चाइजी टिमले आपत्ती जनाएका थिए । जसका कारण बोर्डले यूएईमा प्रतियोगिता गर्ने प्रस्ताव गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest