बंगलादेशद्वारा श्रीलंकासामु २५८ रनकाे लक्ष्य

श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा बंगलादेशले २५८ रनको लक्ष्य दिएको छ ।

श्रीलकाका तीन जना खेलाडीलाई कोरोना लागेपनि शुरु भएको खेलमा बंगलादेशले टस जितेर पहिला ब्याटिङ गरेको थियो । बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २५७ रन बनायो ।

बंगलादेशका लागि तीन जना खेलाडीले अर्धशतकीय पारि खेलेका छन् । मुस्फिकुर रहिमले सर्वाधिक ८४ रन बनाउँदा मोहमुदुल्लाहले ५४ तथा तमिम इकबालले ५२ रनको योगदान गरेका थिए ।

मोहमुदुल्लाहको यो एक दिवसीय क्रिकेटमा २४ औं अर्धशतक हो । सकिब अल हसनले १५ रन बनाउँदा लिन्टन दास र मोहमद मिथुनले खाता नै खोल्न सकेनन् ।

अन्तिमसम्म क्रिजमा रहेका अफिफ हुसेन २७ तथा मोहमद सैफुद्धिन १३ रनमा नटआउट रहे । श्रीलंकाका लागि धनञ्जय डा सिल्भाले सर्वाधिक तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest