अफ्रिदीले पीएसएल गुमाउने

साहिद अफ्रिदीले आसन्न पाकिस्तान सुपर लिग गुमाउने भएका छन । कोभिडका कारण केहि महिना स्थगित भएर फेरी सुरु हुन लागेको पीएसएल अफ्रिदीले नखेल्ने भएका छन ।

मुल्तान सुल्तानको स्टार अलराउण्डर अफ्रिदीको कम्मरमा समस्या भएको बताइएको छ । आबुधावीमा हुने पाकिस्तान सुपर लिगका लागि मुल्तान सुल्तानले कराँचीमा अभ्यास गर्दैछ । प्रशिक्षणका क्रममा उनको कम्मरमा समस्या आएको बताइएको छ ।

त्यसपछि डाक्टरको सल्लाहमा उनलाई आराम गर्न निर्देशन दिइएको छ । उनको स्थानमा केबेर पाख्तुख्वालाई टिममा राखिएको छ । बायाँ हाते स्पिनर खेबेरले आबुधावीमा टिमसँग जोडिने छन ।

अफ्रिदीको कम्मरको तल्लो भागमा निकै दुखाई भइरहेको र आरामको निकै जरुरी रहेको बताइएको छ । चोट बोकेका साहिदले आफुले पीएसएलको बाँकी खेल खेल्न नपाउँदा निकै दुःख लागेको बताएका छन ।

यस्तै इस्लामावाद युनाइटेडले बायाँ हाते ब्याट्सम्यान उमर अमिन र वेष्ट इन्डिजका ओपनर ब्रान्डन किंगलाई भित्र्याएको छ । जसका कारण इस्लामाबादले टिममा २० खेलाडी पुरा गरेको छ ।

पेशावर जाल्मीले अफगानिस्तानका हज्रातुल्लाह जाजाईसँगै समिन गुल र खालिद उस्मानलाई रिजर्ब खेलाडीमा भित्र्याएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest