नसिम शाहले पीएसएल् खेल्न नपाउने

पाकिस्तानी क्रिकेटर नसिम शाहले पाकिस्तान सुपर लिग खेल्न नपाउने भएका छन । उनले आइसोलेसनको नियम उलंघन गरेको भन्दै प्रतियोगिता खेल्न नपाउने भएका हुन । उनले लाहोरमा टिम राख्ने होटेलमा पीसीआर परिक्षण नै नगरि पुगेको भन्दै टिमले उनलाई हटाएको छ ।

क्वेटा ग्लाडियटर्सबाट खेल्ने तयारीमा रहेका तिब्रगतिका बलर नसिम अब आबुधावी जान नपाउने भएका छन । पीएसएलका लागि सबै टिमले आफ्नो खेलाडीलाई कोरोना रिपोर्ट नेगेटिभ लिएर तोकिएको होटेलमा आइसोलेसनमा बस्न भनेको थियो । त्यसका लागि कराँची र लाहोरमा विभिन्न होटेल तोकिएको थियो ।

तर शाहले आरटी पीसीआर रिपोर्ट नै नलिइ होटेल पुगेको बताइएको छ । उनले १८ मे मा गरेको पीसीआर रिपोर्ट पेश गरेका थिए । जुन आयोजकले ७२ घण्टा भित्रको पीसीआर रिपोर्टको माग भन्दा फरक थियो ।

तर त्यसपछि उनलाई छुट्टै फ्लोरमा आइसोलेसनमा राखिएको थियो । तर त्यसपछि तीन सदस्सिय प्यानलले उनलाई आइसोलेसनबाट हटाउने र प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest