काेराेनाले भारतीय क्रिकेटर भुवनेश्वर कुमार अस्पताल भर्ना

कोरोनाकै कारण १३ दिन अगाडी पिता गुमाएका भुवनेश्वर आफैलाई पनि श्वास फेर्न कठिन भएपछि अस्पताल भर्ना गरिएको छ । उनकी आमाको अवस्थापनि नाजुक रहेको बताइएको छ ।

भुवनेश्वर घरमा नै आइसोलसनमा बसिरहेको अवस्थामा अचानक श्वास फेर्न कठिन भएपछि शनिबार राती दुई बजेट मेरठको एक अस्पतालमा भर्ना गरिएको हो ।

उनकी आमा इंन्द्रेशपनि कोरोना संक्रमित भएकी छिन । उनको अवस्थामा पनि कठिन रहेको बताइएको छ । गत मे तीन तारिखमा भुवनेश्वरका पिताको निधन भएपछि उनकी आमाको अवस्थापनि कमजोर बनेको थियो ।

भुवनेश्वरकी आमाको मेरठको दयावती कोभिड अस्पतालमा उपचार भइरहेको छ । उनलाई पनि श्वास लिनका लागि कठिन भएपनि कृतिम अक्सिजन दिइएको छ ।

भुवनेश्वरका पिताको निधन मे २० मा भएको थियो । किड्नीका विरामी रहेका किरनपालको निधन आफ्नै निवासमा भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest