आइपीएल नखेल्नेले रकम नपाउने

इन्डियन प्रिमियर लिगको बाँकी खेलहरु यूएईमा अगामी सेप्टेम्बर र अक्टोरबरमा गर्ने तयारी भारतीय क्रिकेट बोर्डको रहेको छ । यस्तैमा अब हुने बाँकी खेलमा सहभागि नहुने खेलाडीले पाउने रकम कटौती गरिने भएको छ ।

टी २० विश्वकप अगाडी नै आइपीएल सम्पन्न गर्ने योजनामा रहेको भारतीय क्रिकेट बोर्डले बाँकी प्रतियोगितामा सहभागि नुहुने खेलाडीले सिजनमा पुरा रकम नपाउने बताएको छ । हुन त यसअघि खेलाडीले सिजन गुमाएको खण्डमा रकम कटौती गर्ने चलन थियो । तर त्यो बेला केहि लचकता अपनाइने पनि यो पटक भने अनिवार्य रुपमा नै रकम काट्ने भएको छ ।

अब आइपीएल हुँदा इंग्ल्याण्ड र अष्ट्रेलियाका स्टार खेलाडीले खेल्न नपाउने भएका छन । उनीहरुलाई त्यहाँको क्रिकेट बोर्डले विभिन्न सिरिजका कारण आइपीएलका लागि रिलिज नगर्ने भनिएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले बरु खेलाडीलाई आराम दिन तर आइपीएलका लागि रिलिज नगर्ने बताइसकेको छ । यस्तै अष्ट्रेलियाले पनि सो बेला टी २० को तयारी गर्ने भएकाले मुख्य खेलाडीलाई अनुमती दिन कठिन रहेको बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest