भारतकाे सुरुवाती ११ सार्वजनिक

विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा भारतले भोली न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । जसका लागि भारतले सुरुवाती ११ सार्वजनिक गरेको छ ।

विराट कोहलीको कप्तानीमा रहेको टिममा च्याम्पियनसिपको फाइनलमा दुई जना स्पिनर र तीन जना तिब्रगतिका बलरलाई उतार्ने भएको छ ।

भारतीय टिममा तीन पेस बलर र दुई जना स्पिन बलर रहेका छन् । भारतीय टिममा ईशान्त शर्मा, मोहम्मद शमी र जसप्रित बुमराहले पेस बलिङको जिम्मेवारी पुरा गर्दा स्पीनमा रविन्द्र जडेजा र रविचन्द्रन आश्विन रहने छन् ।

यसैगरी रोहित शर्मा र शुभमन गिलले ओपनिङगर्ने छ । तेस्रो नम्बरमा चेतेश्वर पुजारा आउँदा कप्तान विराट कोहली चौथो नम्बरमा ब्याटिङ गर्ने छन् । पाँचौंमा उपकप्तान अजिक्या रहाणे आउँदा छैटौं नम्बरमा विकेटकिपर ऋषभ पन्त आउने छन् ।

साउथह्याम्टनमा हुने खेलमा भारतीय टिममा विराट कोहली, रोहित शर्मा, शुभंम गिल? चेतेश्वर पुजारा, अजिन्क्या राहाणे, ऋषव पन्त, रविन्द्र जडेजा, रविचन्द्र आश्विन, जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहमद शामी छन ।

यो खेल जित्ने टिमले वल्र्ड टेष्ट च्याम्पियनसिपको उपाधिसँगै १६ लाख अमेरीकी डलर पाउनेछ भने उपविजेताले आठ लाख डलर हात पार्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest