बन्द प्रशिक्षणमा २० खेलाडी समावेश

स्पेनमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु को तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा रहने खेलाडीको नामावली सार्वजनिक गरेको छ । जसमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

आइतबारबाट सुरु हुने बन्द प्रशिक्षणमा डेढ बर्षपछि क्याम्पमा शरद भेषवाकरले कमब्याक गरेका छन । यस्तै पृथु बास्कोटापनि करिव एक बर्षपछि राष्ट्रिय टिमको क्याम्पमा परेका छन । शरदले नेपालमा नै भएको आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र ओमानविरुद्धको एकदिवसिय सिरिजपछि टिममा परेका थिएनन् ।

सो सिरिजमा कम्मरको समस्याका कारण टिम बाहिर भएका उनी त्यसपछि ब्यक्तिगत कारणले क्याम्प बाहिर रहेका थिए ।

प्रशिक्षक डेभ ह्वाटमोरले छनौट गरेको टिममा पारस खड्कापनि फर्किएका छन । यसअघि नेपालमा नै भएको त्रिदेशीय टी २० क्रिकेट प्रतियोगितामा उनले चोटका कारण अन्तिम समयमा नाम फिर्ता लिएका थिए ।

जुलाईको अन्तिम साता हुने भनिएको त्रिकोणात्मक सिरिजका लागि क्याम्पमा बोलाइएका खेलाडीको सूचीमा खेलाडी यसप्रकार रहेका छन ।

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफर पृथु बास्कोटा

नेपाली क्रिकेट टिमले नेपालमा नै बन्द प्रशिक्षण गरेर बैदेशिक प्रशिक्षणका लागि जाने तयारी गरेको छ । तर कुन देश जाने भन्ने टुंगो भने लागेको छैन । यसका लागि क्यानले विभिन्न देशसँग प्रयास गरिरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest