भारत पहिलाे पारीमा २१७ रनमा समेटियाे

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अन्तर्गत न्युजिल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारत भारत २ सय १७ रनमा अलआउट भएको छ ।

वर्षाले प्रभावित गरेपछि एक दिन ढिला सुरु टेस्टको पहिलो दिन शनिबार भारतले ३ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

तर, आइतबार न्युजिल्याण्डका बलरसामु भारतीय ब्याट्सम्यान टिक्न सकेनन् । भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए ।

शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए । भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।

त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २/२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest