पृथु क्याम्पमा सहभागि नहुने

नेपाली क्रिकेटर पृथु बास्कोटा स्पेनमा हुने त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरीजका लागि टिममा नहुने भएका छन । नेपाल क्रिकेट संघ क्यानले यो सिरिजका लागि पहिलो चरणमा २० खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसमा पृथुको नाम पनि समावेश गरिएको छ ।

तर हाल अमेरीकामा रहेका पृथुले यो सिरिजका लागि नेपाल आउन कठिन रहेको बताएका छन । करिव चार बर्षपछि अघिल्लो बर्ष उनी राष्ट्रिय टिमको क्याम्पमा परेका थिए । तर त्यो बेला प्रतियोगिता नुहने भएपछि क्याम्प नै विचमा रोकिएको थियो । यसपटक घरेलु प्रतियोगितामा राम्रो गरेका उनलाई क्यानले क्याम्पमा बोलाएको थियो ।

तर पृथु केहि महिना अगाडी अमेरीकामा क्रिकेट खेल्नका लागि गएका थिए । उनले नेपाली राइनोज क्रिकेट टिमबाट अमेरीकाका टु टेन क्रिकेट खेलेका थिए । जसमा नेपाली राइनोजले उपाधिपनि जितेको थियो । उपाधिबाफत टिमले ४० हजार डलर पुरस्कार पाएको थियो ।

त्यसपछि उनले त्यहाँको लिगपनि खेलका छन । अब जुलाईमा क्यालिफोर्नियामा अर्को क्रिकेट प्रतियोगिता हुँदैछ, त्यसका लागिपनि उनी तयारी गरिरहेका छन ।

क्यानले पृथुु नआउने भएपछि अर्को खेलाडी राख्ने तयारी गरेको छ । नेपालले जुलाईको अन्तिम सातामा स्पेनमा नामिबिया र स्टकल्याण्डसँग आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत एकदिवसिय सिरिज खेल्दैछ ।

जसका लागि नेपाली टिमले मंगलबारबाट तयारी सुरु गर्ने भएको छ । क्याम्पमा बोलाएका खेलाडीको पीसीआर परिक्षण सोमबार गरिएको छ । यसका लागि क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरपनि नेपाल आइसकेर टिमसँग जोडिसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest